काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कालिकोटमा अविरल वर्षाका कारण प्रभावित परिवारहरुलाई आवश्यक राहत सामग्री वितरण गरेको छ। कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा कालिकोट जिल्लाका शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तथा तिलागुफा नगरपालिकाका विभिन्न वडाका ५७ विपद् प्रभावित परिवारलाई आवश्यक राहत सामग्रीस्वरूप स्ट्याण्डर्ड डबल सिरक तथा डसना…