सानिमा रिलायन्स लाइफको नाफामा सुधार, प्रतिशेयर आम्दानी कति ?


काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सुधार आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गर्दै ३८ करोड ३८ लाख नाफा आर्जन गरेको देखाएको हो । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३७ करोड ७४ लाख नाफा आर्जन गरेको थियो।

गत वर्ष कम्पनीले ८ अर्ब ९ करोड ६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ७ अर्ब ५३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। यस्तै, कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ८५ करोड ४० लाख खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ७६ करोड ६ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो।

गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा २५ अर्ब १२ करोड रहेको छ। गत वर्षमा कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख , रिटेन्ड अर्निङमा ३५ करोड ९८ लाख र अन्य इक्विटी ८ करोड ६८ लाख रहेको छ।

हाल कम्पनीको चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेको छ । अघिल्लो वर्ष ईपीएस ७.५३ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्ष ७.६५ कायम भएको छ।