बीमा प्राधिकरणका पूर्वअध्यक्ष दाहाललाई १५ लाख धरौटीमा छाड्न आदेश


काठमाडौं – विशेष अदालतले नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष मदन दाहाललाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतको नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले दाहाललाई सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो।

दाहालले बीमा प्राधिकरणको अध्यक्ष पदमा रहँदा पदीय दुरुपयोग गरी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको रकम नियम विपरीत नेपाल पुनर्बीमा कम्पनीको शेयरमा लगानी गर्न लगाएका थिए।

उनीबाट १५ लाख नगद धरौट वा सो बराबरको बैंक जमानत लिई निज प्रतिवादीलाई तारिखमा राखी प्रस्तुत मुद्दा पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ।