नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पराजुलीले गरे पदभार ग्रहण


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले पदभार ग्रहण गरेका छन्। उनले आज अर्थात् साउन २९ गतेदेखि आफ्नो पदभार सम्हालेका हुन्।

कम्पनीको गत जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनलाई ४ वर्षका लागि नियुक्त गरेको थियो।कम्पनीको ४१७औं बैठकको निर्णय अनुसार अनुसार उनले आजदेखिनै सीईओको रुपमा पद बहाली गरेको कम्पनीले जनाएको छ।