कामु सीईओको जिम्मेवारी लिएको ६ दिनमै बाहिरिए कपूर

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मुकेश कुमार कपूरले राजीनामा दिएका छन्। यही असार २ गतेदेखि कामु सीईओको जिम्मेवारी सम्हालेका संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत कपुरले ६ दिनमै राजीनामा दिएका हुन्। उनले दुवै पदबाट राजीनामा दिएका हुन्।