काठमाडौं – गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरुले २ खर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले २ खर्ब १ करोड ९१ लाख कुल बीमा शुल्क संकलन गरेका हुन् ।
जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बढी हो । १४ वटा जीवन बीमा कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षमा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनीले ५३ अर्ब ६८ करोड ८४ लाख कुल बीमा शुल्क संकलन गरेको हो ।
यसैगरी, दोस्रो बढी बीमा शुल्क संकलन गर्नेमा नेशनल लाइफ रहेको छ । कम्पनीले २४ अर्ब ६८ करोड ५७ लाख कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले २१ अर्ब २३ करोड ३९ लाख, हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५ लाख, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६७ लाख कुल बीमा शुल्क संकलन गरेका छन् । साथै, एसियन लाइफले १० अर्ब ४३ करोड ६५ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड ५ लाख, सिटिजन लाइफले ९ अर्ब १६ करोड ८९ लाख कुल बीमा शुल्क संकलन गरेका छन् ।
यसैगरी, गत आर्थिक वर्षमा सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड ४२ लाख, आइएमई लाइफले ७ अर्ब ४५ करोड ४१ लाख, मेट लाइफले ६ अर्ब ८६ करोड ३ लाख, रिलायबल नेपाल लाइफले ६५ अर्ब ४२ करोड ८ लाख, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड ६९ लाख र सन नेपाल लाइफले ४ अर्ब ६३ करोड १० लाख कुल बीमाशुल्क संकलन गरेका छन् ।







About Us
प्रतिक्रिया