क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा केसी


काठमाडौं – केस्ट माइक्रो लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत ( कामु सीईओ) मा अभिजित केसी नियुक्त भएका छन्। कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा केसी नियुक्त भएका हुन्।

नेपाल बीमा प्राधिकरणको असार १ गतेको पत्रमार्फत सीईओ निलम्बनमा परेपछि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीलाई साउन १८ गतेदेखि लागू हुने गरी निमित्त सीईओमा नियुक्त गरेको हो।