काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले कोशी प्रदेशका लागि भोजपुर र खोटाङ शाखाका लागि शाखा प्रबन्धक माग गरेको हो । साथै, बागमती प्रदेशको सिन्धुली र धादिङबेँसी शाखा र कर्णाली प्रदेशको मेहेलकुना शाखाका लागि शाखा प्रबन्धक माग गरेको हो ।
शाखा प्रबन्धकका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। जीवन बीमा, बैंकिङ्ग, लघुवित्त, सहकारी वा बिक्री व्यवस्थापनसम्बन्धी कार्य अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ। कम्प्युटरसम्बन्धी एप्लिकेसन प्रयोगमा दक्ष तथा राम्रो अन्तरव्यक्तिगत सम्बन्ध कायम गर्न सक्ने हुनुपर्नेछ। कार्यालय व्यवस्थापन तथा सम्बन्धित कार्यहरूको राम्रो ज्ञान भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
आवेदन दिँदा आवेदन गरिएको पद तथा आफूले रोजेको शाखा-स्थान स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने छ। आजको १३ दिनभित्र आवेदन दिनुपर्नेछ । प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र थप छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ।







About Us
प्रतिक्रिया