सिटिजन्स लाइफ इन्स्योरेन्सको सेवा चार दिनका लागी बन्द 


काठमाडौं –  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेवाहरू भोली अर्थात् साउन १४ गते बेलुकी ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म बन्द हुने भएको छ।  कम्पनीले एक सूचना जारी गदै हाल प्रयोग गर्दै आएको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम–आईसोलुशन लाई परिमार्जन गर्ने भएसँगै ४ दिनका लागी सेवाहरू बन्द गर्न लागेको जानकारी दिएको हो। 

कम्पनीले त्यसलाई परिमार्जन गरी आईसोलुशन भर्सन नेक्स्ट मा प्रतिस्थापन गर्ने भएकोले सो समयसम्म सेवाहरू बन्द हुनेछन्। 

कम्पनीका अनुसार केन्द्रीय कार्यालय सहित सम्पूर्ण शाखा/उपशाखा कार्यालयहरूबाट भौतिक रूपमा प्रवाह हुने बीमालेखसँग सम्बन्धित सेवाहरू, डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी, मोबाइल एप तथा ग्राहक एवं अभिकर्ता पोर्टल अवरुद्ध हुनेछ ।