खतराको घन्टीः सार्वजनिक ऋणको भारी बढ्दो, ब्याज तिर्नै सकस

नेपालको सार्वजनिक ऋणको हिस्सा वर्षेनी बढ्दै गएको छ । तर, उपलब्धिहिन बनिरहेको छ । चालू आर्थिक वर्षको असोज महिनासम्मको तथ्यांकले नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब नाघिसकेको छ । यो नेपालको कूल ग्राहस्थ्य उत्पादनको ४२ प्रतिशतभन्दा बढी हो । सरकारले वार्षिक बजेट सार्वजनिक गर्दा पूँजिगत खर्चको मुख्य स्रोत सार्वजनिक ऋणलाई नै मान्ने गरेको देखिन्छ ।…