निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण : कुन कम्पनी नाफामा, कुन घाटामा ?

निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण : कुन कम्पनी नाफामा, कुन घाटामा ?


काठमाडौं– १४ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १३ कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार ४५ प्रतिशतको नाफामा कम्पनीहरु देखिएका छन् । योसँगै आर्थिक वर्षको समिक्षा अवधिसम्ममा १३ वटै निर्जीवन बीमा कम्पनीले २ अर्ब ७९ करोड ८० लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९१ करोड ७० लाख ३६ हजार रुपैयाँको नाफामा कम्पनी थिए ।

कम्पनीहरु नाफामा देखिएसँगै सबैभन्दा धेरै नाफा आर्जन गर्ने कम्पनी नेपाल इन्स्योरेन्स बनेको छ । गत वर्षको तुलनामा यो कम्पनी २३२ प्रतिशतको नाफामा छ । यस अवधिमा कम्पनीले ४९ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ ।

धेरै नाफा आर्जन गर्ने अर्कोे कम्पनीको रुपमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स देखिएको हो । यस कम्पनीको नाफा गत वर्षको तुलनामा ११७ प्रतिशतले बढेको छ । साथै समिक्षा अधिमा कम्पनीले ३६ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । नाफा आर्जन गर्ने अर्को कम्पनी ओरिएण्टल इन्स्योरेन्स कम्पनी हो । यसले यो वर्ष २५ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ । साथै शिखर इन्स्योरेन्स कम्पनी पनि नाफामा नै छ । यो कम्पनीले यस अवधिममा २५ करोड ११ लाख मुनाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १९ प्रतिशतले बढेको हो ।

यसपछि लगातार नाफा बढ्ने कम्पनीको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स देखिएको छ । यस कम्पनीले २० करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।

वित्तीय विवरण अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स पनि नाफामा छ । यस अवधिमा कम्पनीले १८ करोड ४३ लाख नाफा कमाएको छ । गत वर्षको तुलनामा ६३ प्रतिशतले नाफामा वृद्धि भएको हो । साथै आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा पनि गत वर्षको तुलनामा ५१ प्रतिशतले बढेको देखिएको छ । यस अवधिमा योकम्पनीले १८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सले गत वर्षको तुलनामा ४८ प्रतिशत नाफा आर्जन गरेको विवरणमा उल्लेख छ । यस अवधिमा कम्पनीले १३ करोड १८ लाख रुपैयाँ नाफा कमाएको हो । यसपछिको कम नाफा आर्जन गर्नेमा प्रभु इन्स्योरेन्स कम्पनी देखिएको छ । यस अवधिमा प्रभु इन्स्योरेन्सले १० करोड ८६ लाख नाफा कमाएको छ । गत वर्षको तुलनामा यो वर्षको नाफा ३९ प्रतिशतले बढी हो ।

अरू कम्पनीकाे तुलनामा कम नाफा आर्जन गर्ने अर्को कम्पनी रहेको छ, सानिमा जिआइसी इन्स्योरेन्स । यस कम्पनीले यो अवधिमा १० करोड ५५ लाख नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा २० प्रतिशतले बढी हो । यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले गत वर्षको तुलनामा ५३ प्रतिशत बढी नाफा आर्जन गरेको छ। जुन ८ करोड ७५ लाख पुगेको छ ।

यस वर्ष घाटामा देखिएको कम्पनीको सूचिमा नेशनल इन्स्योरेन्स रहेको छ । यो कम्पनी समिक्षा अवधिसम्ममा १ करोड ७ लाख रुपैयाँको घाटामा रहेको विवरणमा उल्लेख छ । नेको इन्स्योरेन्सको भने विवरण आउन बाँकी रहेको छ ।