प्रभु इन्स्योरेन्सको वित्तीय स्थिति सुधारात्मक, नाफा कति ?

प्रभु इन्स्योरेन्सको वित्तीय स्थिति सुधारात्मक, नाफा कति ?


काठमाडौं– प्रभु इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको वित्तीय स्थिति सुधारात्मक देखिएको छ । योसँगै कम्पनीको मुनाफा ३९.७६ प्रतिशतले बढेको हो ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले १० करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको विवरणमा उल्लेख छ । जम्मा १ अर्ब ३७ करोड रुपैयाँ शेयर पूँजी भएको यो कम्पनीकोगत आर्थिक वर्षको सोही अवधिमा नाफा ७ करोड ७७ हजार रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले ९० करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तो शुल्क गत वर्षको यही अवधिमा ७६ करोड २६ लाख थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आम्दानी १० प्रतिशतले बढेको हो ।

कम्पनीले पुनर्बीमामा ४७ करोड ६८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ८६ लाख रुपैयाँ पुनर्बीमामार्फत खर्चिएको थियो । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले महाविपत्ती कोषमा ८ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा ११ करोड ६२२ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । हाल कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७९ पैसा छ भने प्रति शेयर नेटवर्थ २०१ रुपैयाँ रहेको छ ।