ओरिएन्टल इन्स्योरेन्सको नाफा बढ्यो

ओरिएन्टल इन्स्योरेन्सको नाफा बढ्यो


काठमाडौं – ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २५ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आ.वको अपरिष्कृत वित्तीय विवरणमा २५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिएको हो।


अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १२ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले नाफामा १००.७२ प्रतिशतको बढोत्तरी भएको छ।

चुक्तापुँजी २५ करोड ११ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ नै रहेको थियो।