पाँच मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द

पाँच मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द


काठमाडौं– नेपाल राष्ट्र बैंकले पाँचवटा मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ। इजाजतपत्र रद्द हुने कम्पनीमा वसन्तपुरको फेयर मनी एक्सचेन्ज, क्षेत्रपाटीको कैलाश मनी एक्सचेन्ज, लालदरबारको रुट नेपाल मनी एक्सचेन्ज, भक्तपुरको तौमढीको न्यातपोल मनी एक्सचेन्ज र रसुवा, गोसाइँकुण्डको टिमुरेमा रहेको ग्रेस मनी एक्सचेन्ज रहेका छन् ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै यी कम्पनीको इजाजतपत्र रद्द भएको जानकारी गराएको छ । बैंकका अनुसार मनीचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा रहेको व्यवस्थाबमोजिम नवीकरण नगरेकोले इजाजतपत्र रद्द गरिएको हो