तीन वर्षमा १ अर्ब भन्दा बढीको साइबर ठगी, २७ करोड मात्रै भयो फिर्ता

काठमाडौँ– बिहान उठ्ने बित्तिकै मोबाइलमा आउने पुरस्कारका सन्देश, सामाजिक सञ्जालमा देखिने ‘दुई महिनामै पैसा दोब्बर हुने’ लगानीका विज्ञापन वा बैंकका कर्मचारी बनेर खाता बन्द हुन लागेको भन्दै ओटीपी माग्ने फोन कलहरू आजकल सामान्य भइसकेका छन् । तर, यस्ता सामान्य सूचनामा गरिने केही मिनेटको असावधानीले मानिसको वर्षौँको बचत एक छिनमा गायब भइरहेको छ । प्रविधिको विकाससँगै…