प्राइम कमर्सियल बैंकको नाफा बढ्यो, वितरणयोग्य नाफा कति ?


काठमाडौं – प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणमा सुधार गरेको छ । गत आर्थिक वर्षमा बैंकको नाफा बढेको छ । बैंकले गत वर्ष ४ अर्ब ११ करोड नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब २० करोड नाफा कमाएको थियो ।

बैंकको ब्याज आम्दानीमा सुधार आउँदा नाफा बढेको हो । गत असारसम्म बैंकले ९ अर्ब २१ करोड २६ लाख ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकले ८ अर्ब ८१ करोड ८१ लाख ब्याज आम्दानी गरेको थियो ।

गत वर्षको अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ९४ करोड ९३ लाख, कुल सञ्चालन आम्दानी ११ अर्ब ९० करोड ८ लाख र सञ्चालन नाफा ६ अर्ब ८३ करोड ३० लाख रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्तापुँजी २० अर्ब ९५ करोड ४७ लाख रहेको छ भने बैंकको जगेडा कोषमा १३ अर्ब ९७ करोड ६१ लाख रहेको छ । नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १६.५० रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्ष बढेर १९.६३ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको खराब कर्जा पनि बढेको छ । बैंकको खराख बर्जा ५.८१ प्रतिशतबाट बढेर ६.६९ प्रतिशत पुगेको छ ।