कामना सेवा बैंकको मोबाइल बैंकिङ्ग ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’सँग जोडियो


काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ।

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ्गमार्फतन्ट क्यूआरमा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रका लागि समावेश हुने भएकाले ग्राहकले छुट्टै कारोबार दर्ता वा अपलोड गर्नुपर्ने छैन। बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एपमार्फत आफ्ना योग्य कारोबारको संख्या तथा विवरण हेर्न सक्नेछन्।

आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित लक्की ड्र सञ्चालन गरी प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात १ लाख रूपैयाँ तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रूपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ।

बैंकले ग्राहकहरूलाई १ सयभन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, प्यान भ्याट बिल लिन तथा सुरक्षित राख्न र आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।