धितोपत्रको प्राथमिक बजारमा ६० अर्बभन्दा बढीको पुँजी परिचालन गर्न स्वीकृति

काठमाडौं – धितोपत्र प्राथमिक बजारमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म पुँजी परिचालन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उल्लेख्य रुपमा स्वीकृति दिएको छ। बोर्डको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष ०८२/८३ को वैशाख मसान्तसम्म कुल ५० वटा सङ्गठित संस्थाहरूलाई ६० अर्ब ६८ करोड २२ लाख बराबरको पुँजी परिचालन स्वीकृति प्रदान गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२…