काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंकको धितोपत्रसम्बन्धी अभिलेख व्यवस्थापन तथा शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार माछापुच्छ्रे क्यापिटलले माछापुच्छ्रे बैंकको धितोपत्रसम्बन्धी अभिलेख राख्ने, शेयर अभौतिकीकरण, दाखिल खारेज, नामसारी, शेयर टुक्र्याउने, रोक्का राख्नेलगायत शेयरधनीहरूको लगत अद्यावधिक गर्ने तथा शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।
सम्झौता समारोहमा माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुभाष जमरकटेल र माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीका रूपमा स्थापित माछापुच्छ्रे क्यापिटलले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) का रूपमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। सम्झौतापछि माछापुच्छ्रे बैंकका शेयरधनीसँग सम्बन्धित अभिलेख व्यवस्थापन तथा शेयर रजिष्ट्रारसम्बन्धी सेवा माछापुच्छ्रे क्यापिटलमार्फत सञ्चालन हुने भएको छ।







About Us
प्रतिक्रिया