सर्वसाधारणले खरिद गर्न मिल्ने गरी एनआइसी एशिया बैंकले ल्यायो ३५ हजार कित्ता शेयर बिक्रीमा


काठमाडौं – एनआइसी एशिया बैंकले आजदेखि ३५ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले एक जना संस्थापक शेयरधनीको नाममा रहेको ३५ हजार ५९३ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि ८५ हजार कित्ता शेयर बिक्रीमा राखेकोमा ३५ हजार ५९३ कित्ता शेयरमा भने आवेदन नपरेकाले अब उक्त शेयर सर्वसाधारका लागि बिक्री खुला गरेको हो।

सो शेयर खरिद गर्न इच्छुक व्यक्ति, संस्था जो कोहीले यो सूचना प्रकाशित भएको आजको मितिले ७ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन दिन सक्नेछन्।