बैंकिङ्ग क्षेत्रका अंकहरू ठिकठाक भएता पनि बजारमा आत्मविश्वास बढ्न सकेको छैन। व्यापारी तथा उद्यमीहरूबाट कर्जाको डिमान्ड सुस्त किसिमको छ। त्यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भनी नियामकीय कुराहरू हेर्ने हो भने राष्ट्र बैंकले गरिहाल्नुपर्ने मौद्रिक अधिकारीको हिसाबले पनि त्यति धेरै अगाडि नै गरिहाल्ने अवस्था तत्काललाई देखिँदैन। निजी क्षेत्रले बजेटपछि आत्मविश्वास बढाउन प्रोत्साहन प्याकेज खोजेको जस्तो देखिन्छ।…