एक वर्षमा प्रभु बैंकले ब्यहोर्यो २४ करोड घाटा, १५ प्रतिशत नाघ्यो खराब कर्जा

काठमाडौं – प्रभु बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २४ करोड बढी घाटा बेहोरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकले २४ करोड १२ लाख घाटा बेहोरेको हो । जबकि बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८७ करोड २३ लाख खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी…