काठमाडौं – नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा तीन जना नयाँ सञ्चालक नियुक्त भएका छन्। बैंकका अनुसार अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी र देवराज जोशी सञ्चालकमा नियुक्त भएका छन्। त्यस्तै, कर्मचारी सञ्चय कोषको तर्फबाट सुवाष खड्का सञ्चालकमा नियुक्त भएका छन्।
यसैगरी, अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक समितिका अध्यक्ष शोभाकान्त पौडेल र सञ्चालक अमृत लम्साल तथा सर्वसाधारण शेयरधनीको तर्फबाट कर्मचारी सञ्चय कोषका प्रतिनिधि सञ्चालक जीवनकुमार कटुवाल सञ्चालक समितिबाट बिदा भएका छन्।






About Us
प्रतिक्रिया