बाढी प्रभावितलाई हस्ताक्षर र फोटोको आधारमा बैंकिङ्ग सेवा दिन राष्ट्र बैंकको निर्देशन


काठमाडौं – नेपाल राष्ट्र बैंकले रसुवा बाढीका प्रभावितलाई वित्तीय सेवाको पहुँच सुनिश्चित गरिदिन भनेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै यस्तो बताएको हो । 

रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ्ग कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकको अन्य विवरणको आधारमा ग्राहक यकिन गरेर वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न भनेको हो ।

केन्द्रीय बैंकले बैंकिङ्ग सेवाबाट ग्राहक वञ्चित हुन नदिन सम्बन्धित संस्थाहरूलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न आग्रह गरेको हो ।