ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?


काठमाडौं – ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ।

बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृती भई आगामी २०औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।