काठमाडौं – रसुवा बढी प्रभावित क्षेत्रमा कार्यरत विभिन्न बैंकका २६ जना कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। नेपाल बैंकर्स संघका अनुसार प्रभावित क्षेत्रमा विभिन्न बैंकका कुल ११५ जना कर्मचारी कार्यरत रहेकामा २६ जना कर्मचारीको अवस्था अझै सम्पर्क विहीन रहेका हुन्।
सम्पर्कविहीन कर्मचारीहरू विभिन्न बैंकका शाखा तथा कार्यालयमा कार्यरत थिए। प्रभावित क्षेत्रमा कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक, एनआईएमबी बैंक, प्रभु बैंक र सानिमा बैंकका कर्मचारी कार्यरत थिए।
नेपाल बैंकर्स संघका अनुसार रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा रहेको ग्लोबल आईएमई शाखाका १ जना, रसुवाको उत्तरगया गाउँपालिकामा रहेको हिमालयन बैंकका १ जना, गोसाईंकुण्ड गाउँपालिकामा रहेको लक्ष्मी सनराइज बैंकका २ जना, रसुवाको गोसाईंकुण्ड गाउँपालिका टिमुरेमा रहेको मच्छापुच्छे बैंकका ५ जना, रसुवाको गोसाईंकुण्ड गाउँपालिका टिमुरेमा रहेको एनआईएमबी बैंकका १ जना, रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्याफ्रुबेसीमा रहेको एनआईएमबी बैंकका ५ जना, रसुवाको कालिका गाउँपालिकामाइलुङ तिमेरेको एनआईएमबी बैंकका १ जना, रसुवा गोसाईंकुण्ड गाउँपालिका टिमुरेको एनएमबी बैंकका ४ जना, रसुवा गोसाईंकुण्ड गाउँपालिका टिमुरेको प्रभुका २ जना, गोसाईंकुण्ड गाउँपालिका स्याफ्रुबेसीको प्रभु बैंकका २ जना र गोसाईंकुण्ड गाउँपालिका टिमुरेको सानिमा बैंकका २ जना जना सम्पर्क विहीन रहेका छन्।
सम्पर्कविहीन कर्मचारीमध्ये अधिकांश गोसाईंकुण्ड गाउँपालिकाको टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा कार्यरत रहेको विवरणले देखाएको छ।






About Us
प्रतिक्रिया