काठमाडौं – नेपाल राष्ट्र बैंकले रसुवा बाढीले क्षति पुर्याएका लघुवित्तको शाखा सार्न र मर्ज गर्न अनुमति लिन नपर्ने बताएको छ । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
२०८३ भदौमा आएको प्राकृतिक विपद्का कारण रसुवालगायत प्रभावित क्षेत्रमा क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका लघुवित्त वित्तीय संस्थाका शाखा/कार्यालयबाट सेवा सुचारु गर्ने प्रयोजनका लागि राष्ट्र बैंकको पूर्वस्वीकृतिबिना संस्थाले स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्ने बताएको छ ।
यसरी शाखा स्थानान्तरण वा समायोजन भएको ७ दिनभित्र राष्ट्र बैंकलाई जानकारी भने दिनुपर्ने बताएको छ ।






About Us
प्रतिक्रिया