काठमाडौं- रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका अध्यक्ष रोशन केसीले उक्त सहयोग रकम नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेपछि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त आर्थिक सहयोग गरेको जनाएको छ। विपत्तिपछि बैंकले प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने–ओछ्याउने लगायतका दैनिक उपभोग्य राहत सामग्रीसमेत उपलब्ध गराइसकेको जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहयोग रकमले बाढी तथा पहिरो प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा पुनर्स्थापना कार्यमा सहयोग पुग्ने बैंकको विश्वास छ।
माछापुच्छ्रे बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायलाई राहत तथा सहयोग प्रदान गर्दै आएको जनाएको छ। आगामी दिनमा समेत समुदायको हित र विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ।






About Us
प्रतिक्रिया