काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का अनुसार प्रधानमन्त्री राहत कोषमा हालसम्म ९ वटा वाणिज्य बैंकका खातामार्फत ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ।
हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको उनले बताए। नेपाल सरकारले दैवी प्रकोपबाट प्रभावित तथा पीडित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग जुटाइरहेको छ। पछिल्लो समय स्वदेश तथा विदेशबाट यी कोषमा सहयोग आउने क्रम बढिरहेको उनले बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालनमा ल्याएको ‘उद्धार अनुरोध पोर्टल’ मार्फत कोषमा प्राप्त सहयोगको विवरण सार्वजनिक गरिएको छ। सरकारले प्राप्त रकम र सहयोगसम्बन्धी विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको जनाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न देश तथा स्वदेशी–विदेशी सङ्घसंस्थाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको उनले छन्।






About Us
प्रतिक्रिया