काठमाडौं - करिब ८ घण्टाको निरन्तर प्रयासपछि नेपाल प्रहरीले कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखामा रहेको ठूलो परिमाणको नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारेको छ। प्रहरीका अनुसार शाखाबाट करिब १ करोड ५० लाख नगद र अनुमानित ५० करोड बराबरको सुन सुरक्षित रूपमा निकालिएको हो। बैंकमा रहेका महत्वपूर्ण कागजातसमेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको…