काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग पठाउँदा प्राप्तिकर्ताको नाम तथा विवरण यकिन गरेर मात्र भुक्तानी गर्न एनआईसी एशिया बैंकले आग्रह गरेको छ।
भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्ने नाममा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट अपरिचित वा अप्रमाणित क्युआर कोड साझा हुन सक्ने भन्दै बैंकले त्यस्ता क्युआर कोड प्रयोग गर्दा रकम गलत खातामा जान सक्ने जोखिम रहेको बैंकले जनाएको छ।
बैंकले राहत कोषमा रकम पठाउनुअघि प्राप्तिकर्ताको नाम र अन्य आवश्यक विवरण राम्रोसँग जाँच गरेर मात्र भुक्तानी गर्न आग्रह गरेको हो।
बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले भने सुरक्षित र सहज रूपमा ‘डोनेट पीएम रिलिफ फन्ड’ विकल्पमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रत्यक्ष सहयोग गर्न सक्ने बैंकले जनाएको छ।






About Us
प्रतिक्रिया