‘१० कित्ते नीति हटाउनु अपराध हो, साना लगानीकर्ताको अधिकार खोसिन्छ’

काठमाडौं – यतिबेला चौतर्फीरुपमा प्राथमिक निष्कासनमा कायम रहेको १० कित्ते व्यवस्था हटाउनु पर्छ भनेर विषय उठान भइरहेको छ। यो व्यवस्था हटाउनका लागि बजारमा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै कार्यकालदेखि ‘लविइङ’ भइरहेको थियो। तर, त्यतिबेला पनि हामीले १० कित्ते नीति उल्ट्याउन दिएनौँ। १० कित्ते नीति नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष डा. रेवत बहादुर कार्कीले ल्याएका…