काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष पृथ्वीबहादुर पाँडे धरौटीमा रिहा भएका छन्। उनलाई सोमबार काठमाडौं जिल्ला अदालतको न्यायाधीश नवराज दुलालको एकल इजालसले ४० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
उनीमाथि गत साउन २७ मा ठगी सङ्गठित अपराध र बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो। स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धानगरी सीआईबीले उनीसहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।






About Us
प्रतिक्रिया