नबिल बैंकले घोषणा गऱ्यो लाभांश, बोनस र नगद कति ?


काठमाडौं – नबिल बैंकले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई १५.८० प्रतिशत लाभांश घोषणा गरेको हो। बैंकको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। 

त्यसैगरी, बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ पैसा रहेको छ।