भोलि सार्वजनिक बिदामा पनि बैंकिङ्ग सेवा सुचारु राख्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन


काठमाडौं – नेपाल राष्ट्र बैंकले रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत वितरण तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन अत्यावश्यक बैंकिङ्ग सेवा सुचारु राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सूचना जारी गर्दै विपद् प्रभावित क्षेत्रमा आवश्यक बैंकिङ्ग सेवा सञ्चालनको व्यवस्था गर्न भनेको हो।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत वितरण, उद्धार तथा अन्य अत्यावश्यक आर्थिक गतिविधिमा बैंकिङ्ग सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको जनाएको छ।