एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग

काठमाडौं - एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ। बाढी प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ। यसैगरी, एनएमबि क्यापिटलका कर्मचारीहरूले समेत व्यक्तिगत रूपमा रकम संकलन गरी विभिन्न…