एभरेष्ट बैंकका ग्राहकलाई भारतस्थित मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट


काठमाडौं- एभरेष्ट बैंकका ग्राहकलाई भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट मिल्ने भएको छ। एभरेष्ट बैंकले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य जाँच/परिक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतस्थित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको हो।

यस सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले नयाँ दिल्लीलगायत गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा गरी विभिन्न सहरमा रहेका मेदान्त अस्पतालका १३ शाखाहरूमा उपचार गराउँदा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

यो १५ प्रतिशत छुट अस्पतालको ओपिडी सेवा (डाक्टरको परामर्श, प्रयोगशाला र रेडियोलोजी), आइपिडी सेवा (बेड भाडा, प्रयोगशाला र रेडियोलोजी) तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागु हुने बैंकले जनाएको छ।

यस छुटको सुविधा प्राप्त गर्नका लागि अस्पतालको बिल भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्नेछ।