४० करोड थान एक रुपैयाँका सिक्का छाप्दै राष्ट्र बैंक, बोलपत्र आह्वान


काठमाडौं – नेपाल राष्ट्र बैंकले ४० करोड थान नेपाली एक दरका सिक्का छाप्ने भएको छ । यसका लागि केन्द्रीय बैंकले सिक्का डिजाइन, टकमरी, आपूर्ति तथा वितरणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्यताप्राप्त सुरक्षा मुद्रण तथा सिक्का टकमरी कम्पनीहरूबाट बोलपत्र माग गरेको हो । राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेको फर्म, संस्था वा कम्पनी तथा त्यस्ता कम्पनीका निर्देशक वा लगानीकर्ताले खोलेको वा सञ्चालन गरेको नयाँ फर्म, कम्पनी वा संस्थालाई बोलपत्रमा सहभागी हुन अयोग्य हुने बताएको छ ।

राष्ट्र बैंकले पूर्वयोग्यताप्राप्त सुरक्षा मुद्रण तथा सिक्का उत्पादन कम्पनीहरू सहभागी हुन पाउने बताएको छ ।