काठमाडौं - अमेरिकी प्रविधि कम्पनी एनभिडियाले नेपालका बाढी तथा विपद् प्रभावित नागरिकका लागि घोषणा गरेको १ करोड अमेरिकी डलर (१० मिलियन डलर) सहयोग उपलब्ध गराउन हिमालयन बैंकसँग सम्पर्क गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न एनभिडियाले हिमालयन बैंकलाई सम्पर्क गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशमशेर राणाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिएका छन्। राणाले एक्समा लेखेका…