कुमारी बैंकको ७८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंकले आजदेखि सर्वसाधारणले खरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल ७८ हजार ६७७ कित्ता शेयर बिक्रीमा राखेको हो।

बैंकले यसअघि सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएकोमा उनहरूबाट आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।