सामान हराएकादेखि अपहरणमा परेका झुटा उजुरी लिएर पर्यटक प्रहरीसम्म पुग्छन् पर्यटक

सामान हराएकादेखि अपहरणमा परेका झुटा उजुरी लिएर पर्यटक प्रहरीसम्म पुग्छन् पर्यटक

निशा देउजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली जनजिब्रोमा झुण्डिएको एउटा संस्कृत उखान छ। अतिथि देवो भवः अर्थात् पाहुना देवता सरह हुन्छन् । उखानका साथै हाम्रो आदत पनि छ । घरमा आएका पाहुनाहरुको सत्कारमा दिल खोलेर जुट्ने । पुर्खादेखि चलिआएको यही सत्कार, प्रचलनमा पालना गर्नमा नेपालले कतिको इमान्दारिता देखाउन सकेको छ त ? यसको पुष्टिको आधार भने नेपाल पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन उद्योग महाशाखा भित्रको एक शाखाको रूपमा नेपाल प्रहरीको मातहतमा रहेको पर्यटक प्रहरीमा दर्ता भएका उजुरीहरु हुन् । पर्यटक प्रहरीले नेपाल आएका पर्यटकहरुलाई हामी सुरक्षित छौँ भन्ने आभाष दिलाउन सहयोग गरिहेको पाउछौं । पछिल्लो पाँच वर्षमा दर्ता भएका उजुरीहरुलाई हेर्न हो भने यसलाई पुष्टि पनि गर्छन् । कमजोर भौतिक पूर्वाधार, दुर्घटनाजस्ता कारणले नेपालको पर्यटन उद्योगले विश्व बजारमा सकारात्मक छाप छोड्न नसकेको, वर्तमान अवस्थामा पर्यटकहरुले झेल्नुपरेका सास्तीले थप असर पार्ने विषयलाई नकार्न सकिँदैन ।

पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार पर्यटक प्रहरीमा सबैभन्दा बढी उजुरी सामान हराएका पर्ने गरेका छन् । कुँवरका अनुसार पयर्टक प्रहरीले पर्यटकहरूलाई यात्रामा सहज बनाइदिने, सामान्य समस्याहरुको सम्बोन्धन गर्ने गरेको छ । अन्य अपराधिक गतिविधिहरुलाई भने पर्यटक प्रहरीले प्रहरीकोमा पठाउने गरेको छ ।

पर्यटन प्रहरीमा परेको उजुरीलाई हेर्ने हो भने पछिल्लो ३ वर्षमा १२ सय ४ उजुरी दर्ता भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार सन् २०२३ मा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल आएका भित्रिएका थिए । यस्तै, सन् २०२३ पर्यटक प्रहरीमा ५ सय ७४ उजुरी दर्ता भएका छन् । उजुरीको संख्यालाई हेर्दा नेपालको पर्यटन क्षेत्र सुरक्षित नै देखिन्छ । तर जति उजुरी परेका छन् । त्याे संख्यामा कमी ल्याउन आवश्यक देखिन्छ । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार पर्यटक प्रहरीमा सबैभन्दा बढी उजुरी सामान हराएका पर्ने गरेका छन् । कुँवरका अनुसार पयर्टक प्रहरीले पर्यटकहरूलाई यात्रामा सहज बनाइदिने, सामान्य समस्याहरुको सम्बोन्धन गर्ने गरेको छ । अन्य अपराधिक गतिविधिहरुलाई भने पर्यटक प्रहरीले प्रहरीकोमा पठाउने गरेको छ ।

काठमाडौं उपत्यकामा र पोखरामा बढी पर्यटकहरुका उजुरी पर्ने गरेका छन् । यसबाहेक भने पर्यटकहरुलाई सूचना दिने, सामान्यतया अपराधिक गतिविधिमा आधारित भइ मुद्दा दर्ता गर्नुपर्ने लगायतका उजुरीहरु पर्यटक प्रहरीले नहेर्ने गरेको पाइन्छ । कुनैपनि पर्यटक नेपाल आउनुभन्दा यहाँको सुरक्षा व्यवस्था लगायतका विषयमा जानकारी लिएर आएका हुन्छन् । पर्यटक प्रहरीले पर्यटकलाई पर्न आएका समस्या, दुःख, पिरमर्का, हैरानी तथा गुनासा समयमै समाधान गर्ने एवं पर्यटकको नेपाल बसाई सुरक्षित तथा भयरहित रहेको अनुभूति दिलाउन र पर्यटन विकासमा टेवा पुर्याउन पर्यटक प्रहरी सक्रिय रहेको कुँवरले बताए । पर्यटकलाई आवश्यक सूचना प्रदान गर्ने, पर्यटकीय क्षेत्रमा नियमित गस्ती गर्ने, पर्यटकलाई आवश्यक सहयोग गर्ने र पर्यटन क्षेत्रमा अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाउने काम पनि पर्यटक प्रहरीले गर्ने गरेको छ ।

पर्यटक प्रहरीले नेपाल आएका पर्यटकहरुलाई हामी सुरक्षित छौँ भन्ने आभाष दिलाउन सहयोग गरिहेको पाउछौं । पछिल्लो पाँच वर्षमा दर्ता भएका उजुरीहरुलाई हेर्न हो भने यसलाई पुष्टि पनि गर्छन् । कमजोर भौतिक पूर्वाधार, दुर्घटनाजस्ता कारणले नेपालको पर्यटन उद्योगले विश्व बजारमा सकारात्मक छाप छोड्न नसकेको, वर्तमान अवस्थामा पर्यटकहरुले झेल्नुपरेका सास्तीले थप असर पार्ने विषयलाई नकार्न सकिँदैन ।

कुँवर थप्छन्, ‘हामी कहाँ जति उजुरी परेका छन् । सामान्य रुपमा लिएर संख्यात्मक रुपमा कम छ भन्न मिल्दैन । जति हाम्रोमा उजुरीहरु पर्छन् । पछिल्लो समयपनि बढिरहेको छ । हामीकहाँ पर्ने उजुरीहरुमा विशेषगरी झोला, पासवोर्ड लगायतका सामान हराएका, बाटोमा अलपत्र परेका, बिरामी भएर उद्धारको आवश्यकता परेका लगायतका समस्याहरु लिएर पर्यटकहरु आइपुग्नु हुन्छ ।’ पर्यटक प्रहरीमा परेका उजुरीमध्ये ९५ प्रतिशत उजुरीहरु समस्यामै परेका पर्यटकहरुको पर्ने गरेको छ भने ५ प्रतिशत पर्यटक भने झुटा उजुरी लिएर आउने गरेको प्रमुख कुँवरले बताउँछन् ।

पछिल्लो पाँच वर्षमा कति पर्यटकले गरे उजुरी ?
पछिल्लो पाँच वर्षको पर्यटक प्रहरीको तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा पर्यटकहरुको उजुरी पर्ने क्रम कुनै वर्ष घटेका छन्त कुनै वर्ष बढिरहेका छन् । गत आर्थिक वर्ष २०७९/८० मा पर्यटन प्रहरीमा ५३२ उजुरी दर्ता भएका थिए । जसमा सामग्री हराएका २ सय ८४ , चोरीका ४९, ठगीको ११, लुटपाटको ५, अभद्र व्यवहार १८, दुर्घना २, आक्रमणको २, मान्छे हराएका ८ धाकधम्की एक, दुव्र्यवहार एक तथा अपहरणका एक वटा रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा ६ सय ३३, आव २०७६/७७ मा ५ सय ४०, आव ७७/७८, आव २०७८/७९ मा एक सय ८० तथा आव २०७९/८० मा पाँच सय ३२ उजुरी परेका छन् । यस्तै यस आर्थिक वर्षमा १३ वटा अन्य उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा सामान हराएका उजुरी १ सय २२, चोरीका २२, ठगीका १८, लुटपाटको १, अभद्र व्यवहार ९, हराएका ४ र अन्य ३ वटा उजुरी परको थिए । त्यस्ते, आव २०७७/७८ मा ७९ वटा उजुरी दर्ता भएका थिए । जसमा सामान हराएका ९, चोरीका ८, अभद्र व्यवहार ३, आक्रमण ३ वटा उजुरी दर्ता भएका छन् । यसैगरी आव २०७६/७७ मा सामान हराएका ३९०, चोरीको ९३, ठगी २८, अभ्रद व्यवहार ७, लुटपाट ४ लगायतका उजुरी परेका छन् । पछिल्लो पाँच आर्थिक वर्ष यी आवको तथ्याङ्क विश्लेषण गर्दा कागजपत्र र सामग्री हराएको संख्या सबैभन्दा बढी देखिएको छ ।

कुन देशबाट कति उजुरी परे ?
पर्यटक प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षको तथ्यांक आर्थिक वर्ष २०७६/७७ देखि ८०/८१ सम्म छिमेकी राष्ट्र भारतका २१९ पर्यटकको उजुरी परेका छन् । त्यस्तै, अर्का छिमेकी राष्ट्र चिनका २८३ पर्यटकले उजुरी दिएका छन् । यसैगरी बंगलादेशका ८८ जना पर्यटकले उजुरी दिएका छन् । अमेरिकाका १४७, अष्ट्रेलियाका ९२, फेन्चका ८६, ब्रिटिस ११६, जापनिज ५२ , स्पानिस पर्यटकबाट ३७ वटा उजुरी दर्ता भएका छन् ।

कति छ, पर्यटक प्रहरीको जनशक्ति ?
पर्यटक प्रहरीले ठमेल, बसन्तपुर, पशुपतिनाथ, स्वयम्भुनाथ, विमानस्थल, पाटन, भक्तपुर र नगरकोटमा लगायतका स्थानमा सेवा दिदैँ आएको छ । झापाको काँकडभिट्टा, सोलुखुम्बुको लुक्ला, जानकी मन्दिर, वीरगन्ज, सौराह, स्यार्पुबेसी (रसुवा) मा पनि पर्यटक प्रहरीको कार्यालय छ । पोखरा, धम्पुस, घान्द्रुक, वीरेठाँटी, चामे, जोमसोम, घोरेपानी, लुम्बिनी र बेलनिया (रुपन्देही) मा पनि पर्यटक प्रहरीले जनशक्ति खटाएको छ ।

हाल पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा ४५ जना, अस्थायी पर्यटक प्रहरी पोष्ट नगरकोटमा ६ जना, भक्तपुरमा ८, पाटनमा ५, एर्यरपोटमा १४, पशुपतिमा १२, वसन्तपुरमा ८, ठमेलमा १७, स्वयम्भूमा ८ , बौद्धमा १२ जना गरी उपत्याका भित्र १३५ जना जनशक्ति खटिएका छन् । त्यसैगरी उपत्यकाका बाहिरका जिल्लाहरुमा कास्कीको पोखरामा २५, धम्पुस कास्कीमा २, विरेठाँटी कास्कीमा २, घान्दु्रक कास्कीमा १, झापा काँकडरभिट्टमा ५, लुक्ला सोलुमा ७, नाम्चेबजारमा २, धनुषमा ७, पर्सामा ८, रसुवामा ६, सौरहा चितवनमा १०, पटिहानी चितवनमा ४, बन्दीपुरमा ३, लुम्बिनी रुपन्देहीमा ७, वेलहिया रुपन्देहीमा ७, चामे मनाङमा ८, धारापानी मनाङमा २, जोमसोम मुस्ताङमा ७, घोडेपानी म्याग्दीमा ४ जना गरी उपत्यका बाहिर कुल २५२ जना जनशक्ति कार्यरत छन् ।