कर्जा सुरक्षण कोषमा रोजगारीको अवसर


काठमाडौं – निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कोषले दरखास्त आह्वान गर्दै आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न विभिन्न पदमा कर्मचारी मागेको हो ।

लोकसेवाको अनुमतिमा कोषले आन्तरिकतर्फ प्रशासन सेवातर्फ छैठौं तहको सहायक अधिकृत एक जना माग गरेको छ ।

सूचना अनुसार खुला प्रतियोगितातर्फ प्रशासनतर्फ आठौं तहको नायब प्रबन्धक एक, सातौं तहको अधिकृत एक, छैठौं तहको सहायक अधिकृत एक, पाँचौंतह प्रधान सहायक तीन र चौथो तहको सहायकका लागि एक जनाको दरखास्त मागिएको छ ।

दरखास्त दिने अन्तिम मिति जेठ २४ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरेर जेठ ३१ गतेसम्म दरखास्त दिन सकिने छ ।