विदेश भ्रमण

अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री विराजभक्तलाई

'अर्थमन्त्री वाग्ले अमेरिका र परराष्ट्रमन्त्री खनाल फिजी'


काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहक जिम्मेवारी पाएका छन्। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन्।

अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिकाको भ्रमणमा छन्। त्यस्तै, परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी भ्रमणमा छन्।

दुवै मन्त्री विदेशमा रहेका कारण उनीहरूको अनुपस्थितिमा मन्त्रालयको नियमित कामकारबाही सञ्चालन गर्न मन्त्री श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो।