आर्थिक मन्दीको प्रभाव : बढ्दो बैंकिङ्ग कसुर

आर्थिक मन्दीको प्रभाव : बढ्दो बैंकिङ्ग कसुर

पछिल्लो पाँच आर्थिक वर्षमा ३३ हजार बैंकिङ्ग कसुरका मुद्दा दर्ता हुँदा ४१ अर्ब बढी बिगो रकम संकलन

निशा देउजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– समय परिवर्तनसँगै अपराधका शैलीहरू पनि परिवर्तन हुँदै गएका छन् । परिवर्तित अपराधका शैलीहरूमा यति बेला आर्थिक अपराध अन्तर्गत बैंकिङ्ग कसुरले प्रभुत्व जमाइरहेकाे छ । पछिल्लो पाँच वर्षको प्रहरी प्रधान कार्यालयको तथ्यांक हेर्ने हो भने बैंकिङ्ग कसुरसम्बन्धी उजुरीको तथ्यांक कहालीलाग्दो देखिन्छ । बैंकिङ्ग कसुरका उजुरीको सङ्ख्या बढेसँगै बिगो रकम पनि बढ्दो छ। बैंकिङ्ग कसुरका उजुरीहरूमा चेक बाउन्स, हुण्डी कारोबार, सहकारी ठगीका कसुर उच्च छन्। यस्ता ठगीका कसुर बढेसँगै बिगो रकम पनि उच्च रूपमा वृद्धि भएको छ ।

समयमै पैसा नदिएपछि ठगीका मुद्दाहरू आउने गरेका छन् । बैंकिङ्ग कसुरका घटनाहरुमध्ये सबैभन्दा बढी चेक बाउन्सका उजुरी प्रहरी समक्ष पुग्ने गरेको छ । काम नगर्ने तर अरूलाई ठग्ने प्रवृत्ति बढ्दै गएकाले यस्ता घटनामा थप वृद्धि भएको प्रवक्ता ढकाल बताउँछन् । ‘पछिल्लो समय चेक वाउन्सका घटनामा अत्यधिक वृद्धि भएका छन्। त्यसमा पनि चिनजान, आफन्तबाटै यस्ता ठगिएका घटनाहरु बढेका छन् । चेक बाउन्सका घटनामा आफन्तहरूको संलग्नता बढेको छ’ प्रवक्ता ढकाल भन्छन् ।

पछिल्लो पाँच आर्थिक वर्षमा बैंकिङ्ग कसुरमा विदेशीको संलग्नता कति ?

पछिल्लो समय बैंकिङ्ग कसुरका घटनामा संलग्न हुने विदेशी नागरिकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । प्रहरी प्रधान कार्यालयमा दर्ता भएका मुद्दालाई नियाल्दा आर्थिक वर्ष २०७५/७६ मा बैंकिङ्ग कसुरमा संलग्न विदेशी नागरिकको सङ्ख्या २८ रहेको थियो । जसमा पुरुषको सङ्ख्या २६ जना थियो भने महिलाको सङ्ख्या २ जान रहेको थियो । जसमा चेक वाउन्समा २५ जना पुरुष र २ जना महिला संलग्न थिए । एक जना पुरुष भने विद्युतीय माध्यमको दुरुपयोग गरी अनधिकृत प्रयोगबाट भुक्तानी लिए दिएको आरोपमा पक्राउ परेका थिए ।

‘पछिल्लो समय चेक बाउन्सका घटनामा अत्यधिक वृद्धि भएका छन् । त्यसमा पनि चिनजान, आफन्तबाटै यस्ता ठगिएका घटनाहरु बढेका छन् । चेक बाउन्सका घटनामा आफन्तहरूको संलग्नता बढेको छ’ प्रवक्ता ढकाल भन्छन् ।

त्यस्तै, आर्थिक वर्ष ०७७/७८ मा १०७ जना विदेशी नागरिक प्रकाउ परेका छन् । जसमा पुरुषको संख्या ९५ रहेको छ, भने महिलाको १२ रहेको छ । यसमा सबैभन्दा बढी ८२ जना पुरुष चेक बाउन्सका घटनामा संलग्न रहेको पाइएको छ, भने भने १२ जना महिला संलग्न रहेको पाइएको छ । यस्तै १ जना पुरुष राष्ट्र बैंक ऐन विरुद्धको कसुरमा पक्राउ परेका छन् ।साथै, आर्थिक वर्ष ०७८/ ७९ मा बैंकिङ्ग कसुरमा संलग्न विदेशी नागरिकको संख्यामा भने कमी आएको देखिएको छ। जुन आर्थिक वर्षमा ९२ जना बैंकिङ्ग कसुरका घटनामा संलग्न भएको पाइएको जसमा पुरुषको संख्या ८६ महिलाको संख्या ६ रहेको छ। जसमा ७३ जना पुरुष चेक वाउन्स र १२ जना हुण्डी कारोबारमा पक्राउ परेका छन् । यसैगरी ६ जना महिला चेक वाउन्समा पक्राउ परेका छन् ।

त्यसैगरी, आर्थिक वर्ष ०७९/८० मा बैंकिङ्ग कसुरमा संलग्न विदेशी नागरिकको संख्यामा उलेख्य मात्रामा कमी आएको देखिएको छ। जुन आर्थिक वर्षमा १२ जना विदेशी नागरिक बैंकिङ्ग कसुरमा पक्राउ परेका छन् । जसमा महिलाको संलग्नता शुन्य रहेको छ। पक्राउ परेका १२ जनामध्ये १ जना चेक वाउन्समा, ६ जना हुण्डी कारोबारमा, १ जना विद्युतीय माध्यमको दुरुपयोग गरी भुक्तानी लिए / दिएको आरोपमा पक्राउ परेका छन् । बाँकी एकजना विदेशी नागरिक भने बैंक वा वित्तीय संस्था/सहकारीलाई झुक्याई कारोबार गरेको आरोपमा पक्राउ परेका छन् ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८० /८१ को माघमहिनासम्म बैंकिङ्ग कसुरमा संलग्न रहेको आरोपमा ५२ जना विदेशी नागरिक पक्राउ परेका छन् । जसमा ४१ जना पुरुष संलग्न रहेका छन् भने महिलाको सख्या ११ रहेको छ । जसमा ३२ जना पुरुष सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् । ५ जना चेक बाउन्स र १ जना पुरूष हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । त्यस्तै १० जना महिला सहकारी ठगीमा र १ जना चेक वाउन्समा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

चालु आर्थिक वर्ष ०८०/८१ को माघ महिनासम्म चेक बाउन्सका ७ हजार १५३ वटा उजुरी दर्ता भएका छन्।सो समयवधिमा विगो रकम १४ अर्ब ४६ करोड ४७ लाख ३४ हजार ८८८ रुपैयाँ रहेको छ। जसमा चेक वाउन्सको रकम ७ अर्ब ६४ करोड १९ लाख ९८ हजार २०५ रुपैयाँ चेक बाउन्सको रहेको छ।

कुन आर्थिक वर्षमा कति मुद्दा दर्ता ?
पछिल्लो पाँच वर्ष आठ महिना (२०७५/ ७६ –२०८०/८१ माघसम्म) बैंकिङ कसुरमा कुल ३३ हजार पाँच सय ४९ मुद्दा दर्ता भएका छन् । त्यस मुद्धाको बिगो रकम ४१ अर्ब १५ करोड ३१ लाख, ६७ हजार ६७ रुपैयाँ रहेको छ । साथै, यस्तो मुद्दामा पक्राउ पर्ने अभियुक्तको संख्या ८ हजार ८ सय ४८ रहेको छ । प्रहरी कार्यलयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा बैंकिङ कसुरमा ३ हजार ३६ वटा मात्रै मुद्दा परेका थिए । तर, चालू आथिक बर्ष सम्म आउँदा त्यस्तो संख्या निकै माथि पुगेको छ ।

आर्थिक वर्ष ०७६/७७ मा ३ हजार ३१५, ०७७/७८ मा २ हजार ३ सय ६५ मा झरेको थियो । ०७७/७८ मा कोरोना महामारीका कारण अदालत बन्द हुँदा बैंकिङ कसुरको मुद्दामा कमी आएको थियो । तर त्यसपछाडिका आर्थिक वर्षहरुमा यस्ता मुद्दाको संख्यामा वृद्धि हुँदै गएको देखिन्छ । आर्थिक वर्ष ०७८/७९ मा ५ हजार ४१६ उजुरी दर्ता भएका थिए । त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा त्यो संख्या बढेर १२ हजार १ सय २८ पुगेको छ । आर्थिक वर्ष ०८०/८१ को माघ महिनासम्म प्रधान प्रहरी कार्यालयमा ७ हजार २८९ वटा बैंकिङ्ग कसुरका उजुरी दर्ता भएका छन् ।

चालु आर्थिक वर्ष ०८०/८१ को माघ महिनासम्म चेक वाउन्सका ७ हजार १५३ वटा उजुरी दर्ता भएका छन्।सो समयवधिमा विगो रकम १४ अर्ब ४६ करोड ४७ लाख ३४ हजार ८८८ रुपैयाँ रहेको छ। जसमा चेक वाउन्सको रकम ७ अर्ब ६४ करोड १९ लाख ९८ हजार २०५ रुपैयाँ चेक बाउन्सको रहेको छ।

पाँच आर्थिक वर्षमा सबैभन्दा बढी चेक वाउन्सका मुद्दा / विगो रकम
बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा बढेसँगै दाबी रकम पनि बढेको छ । बैंकिङ्ग कसुरमा चेक बाउन्स, हुण्डी र सहकारी मुद्दा बढी दर्ता भएको पाइएको छ । विगो यीनै कसुरबाट बढी उठ्ने गरेको छ । चालु आर्थिक वर्ष ०७५ / ७६ मा २ हजार ९ ६६ वटा चेक बाउन्सका मुद्दा दर्ता भएका छन् । जसबाट १ अर्ब ५९ करोड १० लाख ६५ हजार ९४३ विगो रकम रहेकोमा सबैभन्दा बढी चेक बाउन्सको १ अर्ब ४६ करोड ६२ लाख ४४ हजार ७९० चेक वाउन्स विगो रकम रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष ७६/७७ मा चेक वाउन्सका मुद्दा ३ हजार २७५ वटा दर्ता भएका थिए । जुन आ.वको कुल विगो रकम २ अर्ब ९३ करोड ३७ लाख ५६ हजार २९० रहेकोमा चेक बाउन्सको रकम २ अर्ब ६० करोड ५४ लाख ४९ हजार ८५४ चेक वाउन्सको रकम रहेको थियो । आ.व ०७७/७८ मा २ हजार ३११ चेक बाउन्सका मुद्दा दर्ता भएका थिए । जुन आर्थिक वर्षको कुल विगो दावी रकम ३ अर्ब ३७ करोड ५८ लाख ४ हजार १९७ रहेकोमा चेक बाउन्सको रकम २ अर्ब १ करोड २० लाख ४० हजार ३११ रहेको थियो।

आर्थिक वर्ष ०७८/७९ चेक बाउन्सका ५ हजार ३७० उजुरी दर्ता भएका थिए । जुन आर्थिक वर्षमा १४ अर्ब २१ करोड ७५ लाख ७२ हजार १७९ विगो रकम संकलन भएको थियो। जसमा चेक वाउन्सको रकम ६ अर्ब ७१ करोड ९२ लाख ८५ हजार २२९ रुपैयाँ रहेको थियो।

आर्थिक वर्ष ०७९/८० मा चेक बाउन्सका १२ हजार ३० वटा उजुरी दर्ता भएका थिए। जुन आर्थिक वर्षमा ६९ अर्ब १५ करोड ८८ लाख २२ हजार ९४३ रुपैयाँ रहेको छ। जुन रकममा चेक वाउन्सको रकम ४७ अर्ब ५० करोड २६ लाख ६८ हजार ७७९ रुपैयाँ रहेको थियो । त्यस्तै, चालु आर्थिक वर्ष ०८०/८१ को माघ महिनासम्म चेक वाउन्सका ७ हजार १५३ वटा उजुरी दर्ता भएका छन्।सो समयवधिमा विगो रकम १४ अर्ब ४६ करोड ४७ लाख ३४ हजार ८८८ रुपैयाँ रहेको छ। जसमा चेक वाउन्सको रकम ७ अर्ब ६४ करोड १९ लाख ९८ हजार २०५ रुपैयाँ चेक बाउन्सको रहेको छ।