काठमाडाैं– महालक्ष्मी विकास बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव मनाएको छ । बैंकले जेठ ७ गते सोमबार परेको ३० औँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता र्याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।यसका साथै बैंकले स्वास्थ्य तथा आँखा शिविर, महानवमी कर्पोरेट किक्रेट लिग २०२४, श्रृङ्रखला लगायत विभिन्न कार्यक्रमहरु गरी ३० औं वार्षिकोत्सव सम्पन्न गरिने बताएकाे छ।

बैंकले वार्षिकोत्सवको अवसरमा आठ गाखा कार्यालयहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको छ। स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सन्चालन गरेको हो। त्यस्तै, बैंकले केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा गावा कार्यालयका कर्मचारीहरुको सहभागितामा जेष्ठ ५ गते, शनिबार वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्यूआर, निक्षेपको विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरेकाे थियो। बैंकले सोमबार केल्यूय, प्रादेशिक तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बैंकमा उपस्थित गराएर सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा जेष्ठ ८ गते स्वास्थ्य शिबिर र जेष्ठ १ गते आँखा शिबिर सल्वालन गरिनेछ बैंकले जनाएकाे छ । साथै विगत २ बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट किक्रेटको तेस्रो बुडखना महालक्ष्मी कपरिट किक्रेट लिग २०२४, श्रृङ्खला ३० गते १६ टिमको सहभागितामा बैंकले जेष्ठ २२, २३ र २४ गते सन्चालन गर्ने बैंकले जनाएकाे छ ।
प्रतिक्रिया