काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गाेपाल भट्टले नेपाल क्यापिटल मार्केट डिस्कोर्शमा असोज १५ गतेभित्र धेरै कम्पनीको आईपीओ आउँछ भनेपनि असोज १९ गते एक कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ। सेबोनको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले हाइड्रोपावर क्षेत्र अन्तर्गतको हिम पर्वत हाइड्रोपावरलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।
बोर्डले कम्पनीलाई ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गर्नेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले आईपीओ निष्काशनका लागि २०८१ मंसिर ५ गते सेबोनमा आवेदन दिएको थियो।






About Us
प्रतिक्रिया