काठमाडौँ - रोल्पाको रुन्टीगढी गाउँपालिकाका तीन बालिकाको वर्षातमा विद्यालय जाँदै गरेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसलाई विभिन्न व्यक्ति तथा संस्थाले व्यावसायिक विज्ञापनमा प्रयोग गर्न थालेका छन् । बालबालिकाको सहमति र अभिभावकको स्वीकृतिबिनै सरकारी तथा सार्वजनिक निकायहरूले समेत ती तस्बिरहरू विज्ञापन र सचेतनामूलक सन्देशमा प्रयोग गरेपछि चौतर्फी आलोचना भएको छ । तीव्र विरोधपछि…