विदेश यात्रु जानेका लागि ग्लोबल आइएमई बैंकको डलर सटही सुविधा


काठमाडौं – विदेश यात्रामा जाने नेपाली यात्रुहरूलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले अमेरिकी डलर सटही सुविधा उपलब्ध गराएको छ।बैंकका अनुसार विदेश भ्रमणमा जाने ग्राहकहरूले आफ्नो यात्राअघि आवश्यक पर्ने अमेरिकी डलर बैंकको शाखाबाट सहज रूपमा साट्न सक्नेछन्।

यस सुविधामार्फत यात्रुहरूले विदेशी मुद्रा व्यवस्थापनलाई अझ सरल र सहज बनाउन सक्ने बैंकले जनाएको छ। हाल यो सेवा काठमाडौं उपत्यकाभित्र रहेका ग्लोबल आइएमई बैंकका सबै शाखामार्फत उपलब्ध रहेको बैंकले जानकारी दिएको छ।

सेवासम्बन्धी थप जानकारी आवश्यक परे ग्राहकहरूले बैंकको ग्लोबल कनेक्ट सेवा नम्बर +९७७ १ ५९७०६०० सम्पर्क गर्न वा [email protected] इमेलमार्फत जानकारी लिन सक्नेछन्। बैंकले उक्त सुविधाबारे जानकारी गराउँदै आफ्ना ग्राहक तथा सेवाग्राहीलाई विदेश यात्राअघि आवश्यक अमेरिकी डलर सहज रूपमा सटही गर्न आग्रह गरेको छ।