काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि कुमारी बैंकका कर्मचारीले ४५ लाख बढी सहयोग गरेका छन् । बैंकका कर्मचारीहरूले स्वेच्छिक रुपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ सहयोग गरेका हुन् ।
संकलित रकम कोषमार्फत प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रममा उपयोग हुने बैंकले जनाएको छ । यसअघि बैंकले बाढी प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग गरेको थियो ।






About Us
प्रतिक्रिया