काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले २२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा सम्पन्न गरेको हो।
उक्त सभाबाट बैंकले शेयरधनीहरूका लागि १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारण सभाबाट बैंकले हाल कायम रहेको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँ बराबरको ६.५२ प्रतिशतले हुन आउने २४ करोड ३६ लाख ९७ हजार १ सय २ रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले ४ प्रतिशतका दरले हुन आउने १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।
साथै, बैंकले आर्थिक वर्ष २०८३/८४ को लेखापरिक्षण गर्न सुजन काफ्ले एण्ड एसोसियटस, चाटर्ड एकाउन्टेटसलाई नियुक्त गरेको छ। साथै, सभाले आगामी ४ वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति पनि निर्विरोध चयन गरेको छ । संस्थापक शेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्याम कुमार शर्मा चयन भएका छन् भने सर्वसाधारण शेयरधनीका तर्फबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल निर्वाचित भएका छन् ।






About Us
प्रतिक्रिया